प्रि-ओपनिङ्गमा नेप्से ७ अंकले बढ्यो, सूचक ३१३० बिन्दुमा

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से सूचमा दोहोरो अंकको वृद्धि आएको छ ।

कारोबारमा आएका ७८ मध्ये ५९ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको सुधार आएको हो । आज नेप्से १२.३६ अंकले बढेर ३ हजार १३० दशमलव ५४ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ७८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५९ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ७८ कम्पनीका ३६ हजार ८४२ कित्ता शेयर २ करोड ९ लाख ९८ हजार ९८१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहिबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।