
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) को प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २१.४३ रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्षकोअन्त्यमा १५.५० रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बढेर ३६.९२ रुपैयाँ पुगेको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमाससम्ममा १८ करोड २३ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ७ करोड ८ लाख ६५ हजार रुपैयाँ नाफा कमाएकोमा १५७.३२ प्रतिशतले खुद नाफा बढेको हो ।
करिब पचास प्रतिशत खुद ब्याज आम्दानी बढेर कोषको लागत उच्च घट्दा लघुवित्तको नाफामा उच्च सुधार आएको हो ।
चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजार रूपैयाँ रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ २२८.६३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.३३ गुणा छ ।
समीक्षा अवधिमा चुक्ता पूँजी ८ प्रतिशत, जगेडा कोषको आकार ४१.०१ प्रतिशत, निक्षेप २०.०४ प्रतिशत, सापटी ६४.८० प्रतिशत, कर्जा लगानी विस्तार ४४.०७ प्रतिशतले बढेको छ । यस्तै खुद ब्याज आम्दानीमा ४७.७८ प्रतिशतले बढाएको लघुवित्तको सञ्चालन नाफा १५७.३२ प्रतिशतले बढेको छ ।
सम्भावित कर्जा नोक्सानी व्यवस्था वापत १९ करोड १७ लाख व्यवस्था गरेको लघुवित्तले खराब कर्जा असुली गरेको छैन ।
२०७८ असार मसान्तसम्ममा लघुवित्तले २ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन, ३ अर्ब ९० करोड ६० लाख सापटी लिएर ७ अर्ब ९० करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ५६ करोड ७२ लाख ९५ हजार रुपैयाँ खुद व्याज आम्दानी र २८ करोड ९४ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
संस्थाको जगेडा कोषमा ६३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ४५ करोड ५ लाख थियो । लघुवित्तको खराब कर्जा अनुपात ०.३९ बिन्दुले बढेर ४.३६ प्रतिशतमा बढेको छ । राष्ट्र बैंकले कुल कर्जाको ५ प्रतिशतभन्दा धेरै खराब कर्जा हुने संस्थालाई कारवाही गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया