एनएमबि बैंक र महालक्ष्मी विकास बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभांश संकलन गर्न अनुरोध गरेका छन् ।
छुट्टाछुट्टै सूचना जारी गर्दै दुबै बैंकले यथाशीघ्र पुराना लाभांश संकलन गर्न भनेका हुन् ।
एनएमबि बैंकले साविकका कञ्चन डेभलपमेण्ट बैंकका शेयरधनीलाई आव २०६९। ७० देखि लाभांश संकलन गर्न बाँकी रहेको लाभांश संकलन गर्न भनेको हो । बैंकले साउन १९ देखि ३५ दिनभित्र लाभांश संकलन नगरे लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत स्पष्ट पारेको छ ।
साविकका कञ्चन डेभलपमेण्ट बैंकका शेयरधनीले शेयर रजिष्ट्रार एनएमबि क्यापिटल नागपोखरीबाट लाभांश संकलन गर्न सक्नेछन् ।
साथै बैंकले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि चल्ती नभएका तथा दाबी नपरेका निक्षेप खाताहरुमा मौज्दात रहेको रकम लिन पनि सम्बन्धित निक्षेपकर्ता तथा हकवालालाई आवश्यक प्रमाणपत्र सहित बैंकमा सम्पर्क भनेको छ ।
यसैगरी महालक्ष्मी विकास बैंकले पनि साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सको विभिन्न साधारण सभाबाट पारित भएका पुरानो लाभांश संकलन गर्न शेयरधनीलाई अनुरोध गरेको छ ।
कम्पनीले हालसम्म लाभांश बुझिलिन बाँकी रहेका लाभांशपूर्जाहरु समयमा नै कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा सम्पर्क राखी लिन अनुरोध गरेको छ ।
समयमा नै लाभांश पूर्जा बुझि नलिएमा प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया