लक्ष्मी उन्नति कोष (LUK) को प्रतिफल वितरण भएको छ ।
म्युचुअल फण्ड योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले साउन १९ गते मंगलबारदेखि इकाइधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेको हो ।
लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चिालित लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/७८ को लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा आईपीएस मार्फत सिधै लाभांश जम्मा गरिदिएको हो ।
बैंक खातामा प्रतिफल जम्मा गर्द सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियम अनुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क इकाईधनीले नै तिर्नुपर्ने योजना व्यवस्थापकले जनाएको छ ।
हालसम्म पनि हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक नगराएका इकाईधनीहरुले हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराएपश्चात क्रमैसँग प्रतिफल जम्मा गरिने बताएको छ ।
लक्ष्मी उन्नति कोषको प्रतिफल वितरणका लागि साउन १३ गते बुधबार इकाईधनी दर्ता किताब बन्द गरेको थियो । यसअनुसार साउन १२ गते मंगलबारसम्म नेप्सेमा इकाई खरीद गरी कायम रहेका लगानकर्ताले मात्र प्रतिफल पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया