नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशत कम हो । गत आवको यसै अवधिमा बैंकले ८४ करोड ७१ लाख नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि गैरसञ्चालन आम्दानी घटेका कारण खुद नाफा घटेको हो । .png)
बैंकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशत तथा सञ्चालन मुनाफा ७.९२ प्रतिशत बढेको छ। यस्तै गैर सञ्चालन आम्दानी भने १० करोड ८५ लाख रुपैयाँबाट घटेर ७४ लाखमा सीमित भएको छ । बैंकको वितरणयोग्य नाफा ६५ करोड ८५ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी ४.१८ रुपैयाँमा खुम्चिएको छ । बैंकले पूँजी वृद्धिको तुलनामा नाफा बढाउन नसकेपछि प्रतिशेयर आम्दानी २.८८ रुपैयाँले घटेको हो ।
असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३० करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले १८ अर्ब २८ करोड भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप राखेको छ । बैंकको निक्षेप २०.६५ प्रतिशत र कर्जा २९५.७७ प्रतिशत बढेको छ।
बैंकको जगेडा कोष २ अर्ब ४० करोड सञ्चित रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११७.७० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ रहेको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया