नेपाल स्टक एक्सचेन्ज (नेप्से) पाँच कम्पनीको शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा नाडेप लघुवित्त, प्रुुडेन्सियल इन्स्योरेन्स, मिथिला लघुवित्त, फरवार्ड माइक्रो फाइनान्स र रिलायन्स फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेमा आज नाडेप लघुवित्तको ३ लाख ६८ हजार, प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख २१ हजार १४५.६० कित्ता, मिथिला लघुवित्तको १ लाख ४६ हजार ८९.०१ कित्ता, फरवार्ड लघुवित्तको १२ लाख ५१ हजार ३८.५० कित्ता र रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६.०६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
नाडेप लघुवित्तले गत वर्षको असोज २८ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । प्रुडेन्सियल इन्स्योरेन्सको जेठ २ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट पारीत ८ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
यस्तै, नेप्सेमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको गत फागुन २१ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर र रिलायन्स फाइनान्सको वैशाख २२ गते सम्पन्न एघारौँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया