
प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । कम्पनीको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।
शेयर संरचना परिमार्जनसँगै कम्पनीको संस्थापक र साधारणको शेयरको अनुपात ५१ः४९ कायम भएको छ ।
कम्पनीले हाल कायम संस्थापक तर्फको ६० प्रतिशत र सर्वसाधारण तर्फको ४० प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गरेको हो ।
कम्पनीको १९ औँ वार्षिक साधारण सभाले सर्वसाधारण समूहको शेयर स्वामित्व ६०ः४० बाट ५१ः४९ कामम गर्ने प्रस्ताव पारित गरेको थियो ।
बीमा समितिले हाल कायम रहेको संस्थापक समूहको ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधराण समूहमा ४९ प्रतिशत कायम गर्न स्वीकृत दिएको हो । सोही अनुसार कम्पनीले शेयर संरचना परिवर्तन गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया