नेपाल बङ्गलादेश बैंकको खुद नाफा ८४ प्रतिशतले बढ्यो, २.२९ अर्ब आर्जन

0
Shares

नेपाल बङ्गलादेश बैंक लिमिटेड (NBB) ले गत आर्थिक वर्ष २०७७/७८ मा ८४ प्रतिशतभन्दा धेरैले खुद नाफा वृद्धि गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी घटेपनि खराब कर्जा असुलीले सम्भावित कर्जा नोक्सानीबाट २७ करोड १५ लाख रकम फिर्ता (इम्पेरमेन्ट चार्ज रिभर्स) हुँदा बैंकको खुद नाफा बढेको हो ।

बैंकले गत आवमा २ अर्ब २९ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा १ अर्ब २४ करोड ४८ लाख नाफा कमाएको बैंकको नाफा १ अर्ब ४ करोड ७७ लाख रुपैयाँ अर्थात अघिल्लो आवभन्दा ८४.१७ प्रतिशतले बढेको हो ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा १ अर्ब ४७ करोड ५२ लाख ८४ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजी ९ अर्ब ४८ लाख २१ हजार रहेको बैंकले यसबाट १६.३८ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । बैंकको हालसम्म शेयरधनी कोषमा १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा आवमा बैंकको चुक्ता पूँजी ५.९९ प्रतिशत, निक्षेप ३१.१५, कर्जा लगानी १५.८६ प्रतिशत, जगेडा कोष ४०.४८ प्रतिशतले बढ्दा खुद ब्याज आम्दानी साढे ७ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ७४.६८ प्रतिशतले बढेको छ ।

गत यस्तै बैंकको कोषको लागत घटेर ५.४९ प्रतिशत, आधार ब्याजदर ७.४१ प्रतिशत, खराब कर्जा घटेर १.५५ प्रतिशत, पूँजीकोष अनुपात १३.९४ प्रतिशत, र स्प्रेडदर ३.५५ प्रतिशत रहेको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी १०.८१ ले बढेर २५.४६ रुपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ १७०.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.१३ गुणा छ ।

२०७८ असार मसान्तसम्ममा बैंकले ८७ अर्ब १२ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन, ६८ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ६३ करोड १२ लनख रुपैयाँ खुद ब्याज आम्दानी र ३ अर्ब २० करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । बैंकको खुद फि कमिशन आय ९.३६ प्रतिशतले बढेर १ अर्ब १९ करोड ९८ लाख पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०७८, आइतबार  ०९ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।