रु रु जलविद्युत परियोजना लिमिटेडको जगेडा कोषको आकार पछिल्लो एक वर्ष अवधिमा दोब्बर बनेको छ ।
अघिल्लो आवको अन्त्यसम्ममा ६ करोड १४ लाख ४६ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ११७.४८ प्रतिशतले बढेर १३ करोड ३३ लाख ३६ हजार रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २४.११ प्रतिशतले बढेर ७ करोड २१ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको विद्युत बिक्री आय २ प्रतिशतले बढेर १४ करोड ९६ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
वित्तीय लागत १ करोड १४ लाख घटेर २ करोड ५१ लाख रुपैयाँ रहँदा कम्पनीको नाफा बढ्न सघाउ पुगेको छ ।
चुक्ता पूँजी २५ प्रतिशत बढेको कम्पनीको प्रतिशेयर आम्दानी १७.७१ रुपैया छ । यस्तै प्रतिशेयर नेटवर्थ १३२.७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.८७ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया