महालक्ष्मी विकास बैंकको ५ लाख कित्ता संस्थापक शेयर साधारणमा परिणत

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले आफ्नो शेयर स्वामित्व परिमार्जन गरेको छ ।

बैंकले विद्यमान शेयर स्वामित्वमा परिमार्जन गर्दै संस्थापक साधारण शेयरको अनुपात ५१ः४९ कायम गरेको हो ।

जसका लागि बैंकले ४ लाख ९८ हजार १९ दशमलव ६ कित्ता संस्थापक शेयरलाई साधारण सेयरमा रुपान्तरण गरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यसअघि बैंकमा संस्थापकतर्फ ५२.४९ प्रतिशत र सर्वसाधारणतर्फ ४७.५१ प्रतिशत शेयर स्वामित्व रहेको थियो । बैंकको २०९९ पुस १५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले संस्थापकहरुको शेयर हिस्सा घटाएर सर्वसाधारणमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०७८, आइतबार  १६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।