राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको असार २९ गते, मंगलबार सम्पन्न भएको पन्ध्रौँ वार्षिक साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले शेयरधनीहरूलाई ३६.५ प्रतिशत बोनस वितरणपछि कायम चुक्ता पूँजीको १४७.५२ प्रतिशत अर्थात १ः१.४७५२ को अनुपातमा १०० रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रूपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन गरेपश्चात् कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया