युनिक नेपाल लघुवित्तको नाफा साढे ७ करोड माथि, ८६% बढ्यो

0
Shares

युनिक नेपाल लघुवित्त ले गत वर्षमा ७ करोड ५५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा लघुवित्तले ४ करोड ५ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ८६.३० प्रतिशतले नाफा बढेको हो ।

यस्तै लघुवित्तको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो आवमा १९ करोड १५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा २४ करोड १८ लाख रुपैया पुगेको छ । गत आवमा लघुवित्तको सञ्चालन मुनाफा ११ करोड ८१ लाख रुपैयाँ छ ।

असार मसान्तसम्ममा २ अर्ब ७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ४९ करोड १२ लाख रुपैयाँ कर्जा लिएर २ अर्ब ९७ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चुक्त पूँजी ९ करोड ६८ लाख २० हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १८ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको खराब कर्जा अनुपाल पनि ह्वात्तै बढेको छ । गत वर्षको यहि अवधिमा २.५५ प्रतिशत रहेको खराब कर्जा अनुपात यस अवधिमा ४.९० ले बढेर ७.४५ प्रतिशत पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ श्रावण २०७८, सोमबार  १० : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।