माछापुच्छ्रे बैंक (MBL) को तीन अर्बको ३० लाख कित्ता ऋणपत्र बाँडफाँड भएको छ ।
बैंकले असार ३१ गतेदेखि साउन १४ गतेसम्म ८.५० प्रतिशत ब्याजदरमा बिक्री गरेको १० वर्षे अवधिको ‘८.५ माछापुच्छ्रे डिबेन्चर २०८७’ साउन २४ गते बाँडफाँड भएको हो ।
उक्त अवधिभर रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई हिजो अर्थात साउन २४ गते, आइतबार बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।
कुल कित्ता ३० लाख मध्ये सामूहिक लगानी कोषका लागि छुट्याएको ६० हजार कित्ता समेत गरी १२ लाख कित्ता सर्वसाधारणका लागि र विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई १८ लाख कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।
यस ऋणपत्र बाँडफाँड पछि अब लगानीकर्ताले धितोपत्र दोस्रो बजारमा सूचीकृत भई कारोबार समेत गर्न सक्नेछन् । ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया