
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले कम्पनीमा रहेको लगानी योग्य रकम ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।
कम्पनीले लगानी गर्नको लागि साउन ३१ गतेभित्र गोप्य शिलबन्दी प्रस्ताव बुझाउन क वर्गका बैंक तथा वित्तीय संस्थाहरुहरुलाई आग्रह गरेको छ ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन फारम भरि शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने जनाएको छ ।
शिलबन्दी कोटेशन सम्बन्धी फारम कम्पनीको वेभसाइटमा उलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । शिलबन्दी कोटेशन कम्पनीको कार्यालय मै बुझाउनु पर्ने कम्पनीले बताएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया