एभरेष्ट बैंकको १०४ औं शाखा ललितपुरको भैसेँपाटीमा खुल्यो

0
Shares

एभरेष्ट बैंक (EBL) ले भैसेँपाटी, ललितपुरमा आफ्नो १०४ औं शाखा संचालनमा ल्याएको छ । समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

उक्त शाखाको बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष पुरुषेत्तम खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०४ शाखा संजाल, प्रादेशिक कार्यालय, १३६ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ श्रावण २०७८, सोमबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।