
कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ५२ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
लघुवित्तले गत आवमा कमाएको यो नाफा अघिल्लो आवको भन्दा ५ करोड २२ लाख रुपैयाँले धेरै हो । अघिल्लो वर्षमा कम्पनीको खुद नाफा २९ लाख ६७ हजार रुपैयाँ मात्रै थियो ।
लघुवित्तको खराब कर्जा अनुपात अघिल्लो आवको तुलनामा ३.२२ प्रतिशतले बढेर ६.२० प्रतिशत बढ्दा १९ करोड ७० लाख सम्भावित कर्जा नोक्सानी व्यवस्था गर्दा कम्पनी २ करोड ६० लाख सञ्चालन नोक्सानीमा रहेको छ । लघुवित्तले ११ करोड रुपैयाँ ३६ लाख ५४ हजार रुपैयाँ खराब कर्जा उठाउँदा नाफामा उच्च सुधार आएको हो ।
असारसम्म १ अर्ब १५ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन १ अर्ब ३६ करोड १० लाख सापटी लिएर कालिकाले ३ अर्ब ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको निक्षेप ८.४७ प्रतिशत, सापटी १९.०५ प्रतिशत, कर्जा २४.७५ प्रतिशत र खुद ब्याज आम्दानी ७३.३१ प्रतिशतले बढेको छ ।
चुक्ता पूँजी २७ करोड ७५ लाख रुपैयाँ रहेको लघुवित्तको कम्पनीको प्रतिशेयर आम्दानी १९.८९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५४.१७ रुपैयाँ छ । लघुवित्तको जगेडा कोष ४७.२७ प्रतिशतले बढेर १५ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया