आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (KKHC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १० लाख ५२ हजार रुपैयाँ नाफामा पुगेको छ ।
अघिल्लो आवमा ३ करोड १० लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी नाफामा पुगेको हो । यद्यपी गत चैतमा कम्पनीले १ करोड १३ लाख बढी नाफा आर्जन गरेपनि चौथौ त्रैमासमा खर्च बढ्दा कम्पनीको नाफा सामान्य मात्र रहेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा १४.४५ प्रतिशत गिरावट आएको छ । अघिल्लो आवमा २२ करोड ६२ लाख कममाएकोमा घटेर १९ करोड ३५ लाखमा सीमित भएको छ ।
कम्पनीको विद्युत बिक्री आय घटेपनि ह्रासकट्टी खर्च घट्दा नाफामा पुग्न सहयोग पुगेको हो । गत आवमा कम्पनीको ह्रासकट्टी खर्च २ करोड ८५ लाख रुपैयाँ मात्र रहेको छ जबकी अघिल्लो आवमा ८ करोड २० लाख रुपैयाँ थियो ।
चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ पैसा रहेको छ । यस्तै जगेडा कोष २६ करोड २२ लाखले ऋणात्मक बन्दा प्रतिशेयर नेटवर्थ ६७.२१ रुपैयाँ छ । जुन लगानीकर्ताको लगानीभन्दा ३२.७९ कम हो ।
लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँमा लगानी गरेको लगानी कम्पनीको वित्तीय अवस्था कमजोर बन्दा घटेको हो । यद्यपी कम्पनीको दोस्रो बजारमा शेयरमूल्य भने प्रतिकित्ता ४०० रुपैयाँ रहेको छ । अझै एक दुई वर्ष लाभांश वितरण गर्नसक्ने अवस्था नदेखिएपनि जलविद्युतमा चार्म बढेकाले कम्पनीको शेयरमूल्य पनि उच्च रुपैयाँ बढेको अवस्था रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया