
मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।
सुन चाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतिकित्ता १५० रुपैयाँले बढेको हो । चाँदीको मूल्य भने प्रति तोला १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८९ हजार २ सय, तेवाजी सुनको ८८ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, चाँदीको मूल्य प्रति तोला १ हजार २०५ रुपैयाँ निर्धारण गरिएको छ ।
सोमबार छापावाला सुनको भाउ प्रतितोला ८९ हजार रुपैयाँ, तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया