सार्वजनिक संस्थानबाट सरकारलाई २ प्रतिशत मात्र प्रतिफल

0
Shares

सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीको बालुवामा पानी जस्तै देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा सरकारले सार्वजनिक संस्थानमा ६ खर्ब ५४ अर्ब लगानी गरेपनि त्यसबाट प्राप्त हुने प्रतिफल लगानीको अनुपातमा प्राप्त प्रतिफल नगन्य रहेको छ ।

उक्त लगानीबाट २ प्रतिशतको हाराहारीमा मात्र प्रतिफल प्राप्त हुन सकेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये २४ वटा संस्थानहरु मात्र नाफामा सञ्चालित छन् भने १८ वटा संस्थानहरु घाटामा सञ्चालित छन् । नाफामा रहेका मध्ये पनि अधिकांश संस्थानहरु सामान्य सञ्चालन नाफामा मात्र रहेका छन् । प्रत्येक वर्ष सार्वजनिक संस्थानहरुको सञ्चित नोक्सानी थपिँदै आ.व. २०७६/७७ मा ३४ अर्ब २४ करोड पुगेको उल्लेख छ ।

कतिपय संस्थानहरुले कोषमा व्यवस्था नगरिएको दायित्व सिर्जना गरेका कारण नेपाल सरकारले वर्षेनी ठूलो रकम खर्चिनु परेको उल्लेख छ ।

विगतमा संस्थान सुधारका लागि विभिन्न उपायहरु अवलम्वन गरिएको भएतापनि निजीकरण गरिएका सार्वजनिक संस्थानहरुको समेत निरन्तर अनुगमन तथा मूल्याङ्कन हुन नसकेका कारण अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको अवस्था उल्लेख गरिएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायूसेवा निगमलाई सरकारको जमानीमा वित्तीय संस्थाहरुबाट ऋण उपलब्ध गराई नयाँ हवाईजहाज खरिद गरिएकोमा व्यवस्थापकीय असक्षमताका कारण व्यापार प्रवर्द्धन हुनुको सट्टा वित्तीय अवस्था झन् कमजोर भई ऋणको दायित्व बढ्दै गएको उल्लेख गरिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ श्रावण २०७८, मंगलबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।