
नेपाल चेम्बर अफ कमर्सले कार्य समिती सदस्य पर्शुराम दाहालको सभापतित्वमा चेम्बर अन्र्तगत गठित कर,राजश्व तथा भन्सार समिति गठन गरेको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य पर्शुराम दाहालको सभापतित्वमा चेम्बर अन्र्तगत गठित समितिकोे सह सभापतिमा मनोनयन भएका क्रमश टिकाराम शर्मा ढुंगेल, मदनलाल मित्तल र सदस्यहरु नयन पंडित क्षेत्री, पुष्कर भुर्तेल शिशिर गौतम, नरेन्द्र कुमार गुप्ता, राजिब पोखरेल, अरुण राउत, गोपाल अग्रवाल, सिताराम अग्रवाल, प्रभु अधिकारीलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले कर,राजश्व तथा भन्सार क्षेत्र संग आवध्द्ध सबै निकायहरु लाग्नुपर्ने बताए ।
उनले समितिमा नेपालको कर,राजश्व तथा भन्सार क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका महानुभावहरुको प्रतिनिधित्व भएकोले चेम्बरको कर,राजश्व तथा भन्सार क्षेत्रका संभाव्य नीति निर्णय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखे ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया