.jpg)
ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीहरुलाई पाँच वर्ष भन्दा पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ ।
बैंकको वार्षिक साधारण सभाबाट पारित भएको २०७०÷७१ सम्मको नगद लाभांश बुझिलिन अनुरोध गरेको हो ।
आर्थिक वर्ष २०७१/७१ को नगद लाभांश हाल सम्म पनि कतिपय लगानीकर्ताले नबुझेका कारणले शेयरधीहरुलाई बैंकले यस्तो आग्रह गरेको हो ।
कम्पनीले एक महीनाभित्र बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
एक महीनापश्चात पनि शेयरधनीहरुले उक्त लाभांश नबुझेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले बताएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया