शेयर बजार परिसूचक नेप्सेले लगातार तेस्रो कारोबार दिन नयाँ रकेर्ड कायम गरेको छ । गत मंगलबारदेखि नयाँ रेकर्ड बनाउन थालेको नेप्से बिहीबार १६.४१ अंक बढेर हालसम्मकै उच्च ३१७९.०० विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन २२५ कम्पनीको १ लाख ५४ हजार ६६० पटकको कारोबारमा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँ बराबरको ३ करोड ६६ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा बैंक, माउण्टेन इनर्जी, रु रु जलविद्युत, जीवन विकास लघुवित्त, र यूनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
बिहीबार महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा बैंक, माउण्टेन इनर्जी, रु रु जलविद्युत र जीवन विकास लघुवित्तको शेयरमा लगानी गर्ने लगानीकर्ताले १० प्रतिशतका दरले नाफा कमाएका हुन् । यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा लगानी गर्ने लगानीकर्ताले भने ९.९९ प्रतिशतका दरले नाफा कमाएका छन् ।
बिहीबारको बजारमा ९ कम्पनीका लगानीकर्ताले ३ प्रतिशत धेरैका दरले गुमाएका छन् । पाँचथर पावर कम्पनीको शेयर मूल्यमा सार्वधिक गिरावट आएको छ । यसदिन कम्पनीको शेयर मूल्य ३.९९ प्रतिशतलले घटेको हो
यस्तै, १२% आइसिएफसी लिमिटेड डिबेञ्चर, ओरियन्टल होटल, सारथी नेपाल लघुवित्त, तारा गाँउ रिजेन्सी होटल, अपर तामाकोशी, एभरेष्ट बैंक, रसुवा गढी हाइड्रो पावर र युनाइटेड मोदि हाइड्रो पावरको शेयर मूल्यमा ३ प्रतिशत धेरैकादरले गिरावट आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया