नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एकसचेञ्च (नेप्से) मा नेशनल माइक्रो फाइनान्स र नविल बैंकको शेयर सूचीकृत भएको छ ।

नेप्सेमा शुक्रबार महिला सहयात्रा लघुवित्तलाई प्राप्ति पछि नेशनल माइक्रो फाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर थपिएको छ ।

यस्तै, युनाइटेड फाइनान्सलाई नबिल बैंकले प्राप्ति गरेपछि नबिल बैंकको नामबाट ३६ लाख ४२ हजार ९२१.२६ कित्ता शेयर सूचीकृत भएको हो ।

नेशनल माइक्रोफाइनानसले महिला सहयात्रालाई १ः०.६८ अनुपातमा प्राप्ति गरेको हो । नविल बैंकले युनाइटेड फाइनान्सलाई १ः०.३५ अनुपातमा प्राप्ति गरेको हो ।
उक्त शेयर आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ श्रावण २०७८, शुक्रबार  १४ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।