सुनको भाउ एक हजार रुपैयाँले बढ्यो, चाँदी पनि उकालो लाग्दै

0
Shares


सुनको बजार भाउ आइतबार एकैदिन एक हजार रुपैयाँले महङ्गिएको छ । सुनसँगै चाँदीको भाउ पनि आइतबार तोलामा २० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २०५ रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८९ हजार २५० रुपैयाँमा खरिद बिक्री हुँदा चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेसँगै नेपाल बजारमा पनि मूल्य वृद्धि गरिएको महासंघले जनाएको छ । नेपालमा आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन सुनचाँदीको भाउ निर्धारण हुँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७८, आइतबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।