सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा गरिएको छ ।
योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले हुन आउने ४३ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
साथै प्रतिफल वितरणका लागि इकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यवस्थापक सनराइज क्यापिटलले जनाएको छ ।
सनराइज फर्स्ट म्युचुअल फण्ड सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सामुहिक लगानी कोष योजना हो । जसको प्रवद्र्धन सनराइज बैंकले गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया