ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले बोनस शेयरपछि हकप्रद शेयरबाट पूँजीवृद्धि गर्ने विशेष प्रस्ताव सहित असोज ३ गते साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा बिहान ९ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यसैगरी सभामा बोनस शेयरपछि कायम हुने चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँको २०० प्रतिशत (१ बराबर २ अनुपात) हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव रहेको छ ।
यस्तै सभामा ङादी ग्रुप पावर र अन्य जलविद्युत कम्पनीलाई प्राप्ती गर्ने वा सो सोसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव उपर छलपल हुनेछ ।
यस्तै कम्पनीले बझाङ अपर सेती पिआरओआर हाइड्रोपावर प्रोजेक्ट ७०.४० मेगावाटको सर्वेक्षण अनुमति पत्रको लागि आवेदन दिएको र सो सम्बन्धमा भए गरेका प्रगति विवरणहरु सभालाई जानकारी गराउने र थप आवश्यक कार्यका लागि सञ्चालक सििमतलाई अख्तियारी दिने प्रस्ताव छ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले भदौ १८ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ । यस अनुसार भदौ १७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया