बेष्ट फाइनान्सको नाफा ८ करोड २३ लाख

0
Shares

बेष्ट फाइनान्स (BFC) ले गत आर्थिक वर्षमा ८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  अघिल्लो आवमा ७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको फाइनान्सको नाफा ६.५४ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी १३.१९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११३.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.८६ गुणा छ ।

फाइनान्सले गत आवमा २ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसबाट फाइनान्सले १० करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १० करोड १२ लाख सञ्चालन नाफा कमाएको छ ।

फाइनान्सको जगेडा कोष १६.७८ प्रतिशत बढेर ४२ करोड ४ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको खराब कर्जा अनुपात २.१७ प्रतिशत घटेर १२.८३ प्रतिशतमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।