बिओकेमा मास्केलाई कामु सीईओको जिम्मेवारी

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL)  ले श्रवण लाल मास्केलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । भदौ २ गते बुधबारदेखि लागू हुनेगरी उनलाई सो जिम्मेवारी दिइएको हो ।

मास्केले बैंकमा यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए ।

बिओकेका प्रमुख कार्यकारी अधिकृतबाट शोभनदेव पन्तको अवकाश भएसँगै साउन ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले मास्केलाई उक्त जिम्मेवारी दिएको हो ।

भदौ १ गतेबाट पन्तको कार्यकाल समाप्त भएपछि नयाँ कामु कार्यकारी अधिकृतको नियुक्ती गरिएको कम्पनी सचिव दीपक गौतमले बताए ।

निवर्तमान सीईओ पन्त बैंकबाट चार वर्ष कार्यकाल पूरा गरेर बाहिरिएका हुन्। कामु सीईओ मास्केले सामो समयदेखि निवर्तमान सीईओ पन्तसँगैबसेर काम गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार  १४ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।