नेपाल प्रहरीले अमेरिका पठाइदिनछु भन्दै ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई सोमबार पक्राउ गरेको हो ।
कार्कीले पाँचथर तुम्बेवा गाउँपालिका–५ हाङ्गुम बस्ने ३० वर्षीय ध्रुव कुमार राईलाई अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाईदिन्छु भन्दै उक्त रकम ठगी गरेका थिए ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया