रु रु जलविद्युतका शेयरधनीलाई पहिलो वर्षमै बोनस

0
Shares

रु रु जलविद्युत परियोजनाका शेयरलगानीकर्ताले पहिलो वर्षमा नै बोनस पाउने भएका छन् । कम्पनीले आईपीओ बिक्री गरेको ४ महिनामा नै लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

रु रु को कम्पनी सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत २०७७ चैत २० गते २४ गतेसम्म लगानीकर्तालाई २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता १२० रुपैयाँका दरमा ४ लाख ७ हजार ७०५ कित्ता प्राथमिक शेयर (आईपीओ) बिक्री गरेको थियो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी पन्ध्रौ र सोह्रौ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ भाद्र २०७८, बुधबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।