धितोपत्र ऐन अनुसार विकास बैंकले पनि ब्रोकर लाइसेन्स पाउनु पर्छ: विकास बैंक संघ

0
Shares

डेभलपमेन्ट बैंकर्स संघले धितोपत्र ऐन २०६३ अनुसार आफुहरुले पनि सहायक कम्पनी मार्फत धितोपत्र दलालको काम गर्न पाउने पर्ने माग गरेका छन् । धितोपत्र ऐन अनुसार बाणिज्य बैंकले मात्र नभई विकास बैंकले पनि सो काम गर्न पाउने उनिहरुको दाबी छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी मार्पmत धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्ने व्यवस्था रहेको छ ।

तर, सोही ऐनलाई कार्यान्वयन गर्नका धितोपत्र वोर्डले बनाएको धितोपत्र व्यवसायी नियमावली, २०६४ को दफा ७ मा वाणिज्य बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डको अनुमति लिई धितोपत्र व्यापारीको काम गर्न सक्ने व्यवस्था रहेको छ ।

बिकास बैंकहरुले बाणिज्य बैंकहरु मात्र नभई आफुहरुले पनि सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय गर्न चाहेको हुनले सोही अनुसार अनुमती दिन धितोपत्र बोर्डलाई पत्राचार समेत गरिसकेका छन् । बिकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भई बैंक तथावित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत लिइ बैंकिङ् सेवाप्रदान गर्दै आएको हुनाले कानुनी व्यवस्था अनुसार आफुहरुले पनि सो काम गर्न पाउनु पर्ने उनीहरुको दाबी रहेको छ ।

संघका अनुसार राष्ट्रिय स्तरका बिकास बैंकहरुको औंषत चुक्तापूँजी ३ अर्व ४० करोड रुपैंयाँ नाघिसकेको छ । पछिल्लो समयमा बिकास बैंकहरुले एक हजार बढी शाखाबाट करिव ४१ लाख खातावालाहरुलाई बैंकिङ् सेवाप्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गर्दै आएका छन् । त्यस्तैगरी, २०७८ असार मसान्तसम्ममा ४४५ अर्व रुपैंयाँ निक्षेप परिचालन गरी ३८३ अर्ब रुपैंयाँकर्जा प्रवाह गरेका छन् ।

वाणिज्य बैंकलाई मात्र भनिएकोमा आपत्ति जनाउदै डेभलपमेन्ट बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई समेत अनुरोध गर्दै आएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिको सुझाव पेस गर्दै गर्दा संघले विकास बैंकले पनि सहायक कम्पनी मार्फत धितोपत्रको कारोबार गर्न पाउनु पर्ने व्यवस्था गर्न आग्रह गर्दै आएको थियो । तर, नेपाल राष्ट्र बैंकले त्यस विषयलाई मौद्रिक नीति मार्फत समेटेको छैन । व्यवस्थापिका संसदको अर्थसमितिले तत्कालका लागि बैंकलाई धितोपत्र दलालको अनुमति दिने प्रक्रिया स्थगन गर्न निर्देशन दिएपछि अघि बढेको छैन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ भाद्र २०७८, बुधबार  १२ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।