नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
लगातार दुई दिन बढेको सुनको मूल्य बिहीबार प्रतितोला ४०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार १८० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाला सुन तोलाको ९१ हजार २०० रुपैयाँ, तेजावी सुन ९० हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य क्रमश मंगलबार प्रतितोला ४०० रुपैयाँ र बुधबार २०० रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया