
सिद्धार्थ इन्स्योरेन्स कम्पनी (SIL) ले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः विरेन्द्र वेदवार क्षेत्री नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको भदौ २ गते सम्पन्न १७७ औं बैठकले क्षेत्रीलाई थप ४ वर्षेका लागि सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको कम्पनी सचिव सुदर्शन आर्चायले जानकारी दिए ।
क्षेत्रीलाई यसअघि २०७४ भदौ १ गतेको सञ्चालक समितीको बैठकले क्षेत्रीलाई सिईओमा नियुक्त गरेको थियो । क्षेत्रीसँग जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्समा काम गरेको अनुभव छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया