
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको अभियोगमा ओखलढुंगामा कार्यरत सब–इन्जिनियर विरुद्ध आरोप–पत्र दायर गरेको छ ।
आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवान विरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपत्र दायर गरेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा रहेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. १ को कार्यालयमा खटिएका सव इन्जिनियर पासवानले भूकम्प पुनर्निर्माणको लागि सेवाग्राहीले नियमानुसार पाउने तेस्रो किस्ताको रकमको सिफारिस रोकी दिने भनी ३० हजार घुस लिएका थिए ।
आयोगका अनुसार पासवानले भूकम्प पुनर्निर्माणको लागि सेवाग्राहीले नियमानुसार पाउने तेस्रो किस्ताको रकमको सिफारिस रोकी दिने भन्दै घुस लिएको पुष्टि भएको जनाएको छ ।
पासवानलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोल उनलाई ३० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।





प्रतिक्रिया