शुक्रबार सुनचाँदी दुबैको मूल्य बढ्यो

0
Shares

सुनचाँदीको मूल्य शुक्रबार नेपाली बजारमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले महङ्गिएको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ भाद्र २०७८, शुक्रबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।