मञ्जुश्री फाईनान्स लिमिटेड (MFIL) को १२ हजार ५८७ कित्ता संस्थापक शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रति शेयर न्यूनतम मूल्य ३०० रुपैयाँ तोकेर लिलाम बढाबढमा उक्त संस्थापक शेयर बिक्रीमा ल्याएको थियो ।
साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मंगलबार कार्यालय समय भित्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश गर्दा प्रतिकित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया