निषेधाज्ञा उल्लंघनमा चन्द्रागिरी हिल्स रिसोर्टसँग स्पष्टिकरण माग

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको लगानी रहेको चन्द्रागिरी हिल्स रिसोर्टले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा काठमाडौं जिल्ला प्रशासनले चन्द्रागिरी हिल्स रिसोर्टसँग स्पष्टिकरण मागेको छ ।

उपत्यकामा दिनप्रतिदिन बढ्दो कोभिड संक्रमणकाबीच माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको बैठकमा १०० भन्दा बढीलाई सहभागि गराएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिसोर्टलाई स्पष्टिकरण मागेको हो ।

निषेधाज्ञाका प्रावधान विपरीत मानिसको भीडभाड हुनेगरी सभा सम्मेलन जस्ता गतिविधि सञ्चालन गरेको विषयमा रिसोर्टसँग स्पष्टीकरण सोधिएको हो ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी बैठक सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा चलिरहेको छ ।

माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको बैठकमा घोषणापत्र र विधानमाथि समूहगत छलफल पनि चलिरहेको छ । बैठकले पार्टीको घोषणापत्र र विधान टुंगो लगाउने बताइएको छ ।
एमालेको केन्द्रीय कमिटीको ३० प्रतिशत संख्या र्पुयाउने प्रयासमा रहेको नेपाल समूहमा १९३ केन्द्रीय सदस्यमध्ये ६१ जना खुलेको बताइन्छ । एकिकृत समाजवादीले १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ । त्यसमा ७ जना उपाध्यक्ष एकजना वरिष्ठ नेता, महासचिव, २ जना उपमहासचिव र ७ जना सचिव बनाउने प्रस्ताव गरिएको छ ।

रिसोर्टमा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल,ढकालको लगानी रहेको आईएमई ग्रुप र भाटभटेनी सुपर मार्केटका संस्थापक मिन बहादुर गुरुङ र सुपर मार्केट समेत संस्थापक लगानीकर्ता रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ भाद्र २०७८, मंगलबार  १२ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।