
बीमा समितिले बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने भएको छ । समितिले एउटा समुहमा २५ जनालाई राखेर तालिम दिने भएको हो ।
उक्त तालिममा सहभागी हुनको लागि बीमा समितिको वेवसाईटमा राखिएको राखिएको एप्लिकेसन लिंकमा गई तालिमका लागि योग्य भएका इच्छुक व्यक्तिले आवेदन दिन सक्ने जानकारी दिएको छ ।
समितिले इच्छुक आवेदकले भदौ ८ गतेदेखि १४ गतेसम्ममा कार्यालय समय भित्र आवेदन दिन सक्ने जानकारी दिएको छ । सर्भेयरको आधारभूत तालिम कार्यक्रममा छनोट भएको मिति, स्थान र, समयको जानकारी आवेदकको मेल मार्फत जानकारी गराईने समितिले जानकारी दिएको छ । योग्यता नपुगेका निवेदकहरु स्वतः रद्ध गरिने समेत समितिले जानकारी गराएको छ ।
सर्भेयरको लागि योग्यताः (१) नियम २६ बमोजिम सर्भेयरको इजाजतपत्रको लागि निवेदन दिन चाहने निवेदनको देहायका मध्ये कुनै एक योग्यता पुगेको हुनु पर्नेछ ।
कुनै बीमकको कार्यालयमा अधिकृत स्तरको पदमा कम्तीमा दश बर्षसम्म बीमा ब्यवसायसग सम्बन्धित कार्र्यको अनुभव हासिल गरेको, इन्जीनियरिङ बिषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रियस्तरका चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी बिषयमा कम्तीमा स्नातक उपाधी हासिल गरेको, चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तिर्ण गरेको उपनियम (१) को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिम योग्यता पुगेको निवेदकले सर्भेयरको इजाजतपत्र प्राप्त गर्नु अघि समितिले संचालन गरेको सर्भेयर सम्बन्धी तालीममा सहभागी भई तालीम पूरा गरेको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया