
बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेर कारोबार भैरहेको छ ।
यसअघि दुई दिनमा तोलामा ७०० रुपैयाँले बढेको सुनको भाउ बुधबार भने ३०० रुपैयाँले घटेको हो । चाँदी पछिल्लो तीन दिनमा हरेक दिन १० रुपैयाँ बढेर ३० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ३०० रुपैयाँ घटेर कारोबार भैरहेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ, तेजावी सुन ९० हजार ८०० रुपैयाँ र चाँदीको भाउ १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।
समंगलबार छापावाला सुन तोलाको ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार पनि सुन तोलाको २०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया