निर्जीवन बीमा कम्पनीको नाफा ४.६६ अर्ब, नेको इन्स्योरेन्स अग्रस्थानमा

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

ती कम्पनीहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा नेको इन्स्योरेन्सले कमाएको छ । कम्पनीले उक्त अवधिसम्ममा ५४.०६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

नेको पछि शिखर इन्स्योरेन्स कम्पनीले ४७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । शिखरपछि बढी नाफा कमाउने कम्पनीमा प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स अब्बल देखिएका छन् ।

उक्त अवधिसम्ममा सगरमाथा इन्स्योरेन्सले ४५ करोड, प्रिमियरले ३७ करोड, राष्ट्रिय बीमा कम्पनीले ३६ करोड, नेपाल इन्स्योरेन्सले ३४.८७ करोड, सिद्धार्थ इन्स्योरेन्सले ३०.२३ करोड, प्रभु इन्स्योरेन्सले २६.६६ करोड र एनएलजी इन्स्योरेन्सले २५.२२ करोड रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, आइएमइ जनरल इन्स्योरेन्सले २३ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले २०.३८ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १७.६९ करोड, लुम्बिनी जनरलले १७.२४ करोड रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सले १५.५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । युनाइटेड इन्स्योरेन्सले सबैभन्दा कम ७.५२ करोड रुपैयाँ नाफा कमाएको छ ।

नयाँ जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सले ९.५३ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ९ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले ८.६२ करोड रुपैयाँ नाफा कमाएका छन् ।

 Non-Life Insurance – Fiscal Year 2077/78 Q4
S.N Company Paid-Up Net Profit Net Premium Collected Gross Premium Collected
1 Neco Insurance 152.1633 54.0634 163.2856 241.5500
2 Shikhar Insurance 175.8524 47.5736 123.5600 397.2389
3 Sagarmatha Insurance 111.1357 45.1590 123.5600 261.6146
4 Premier Insurance 107.4560 37.3703 76.2497 191.0775
5 Rastriya Beema Company 26.6639 36.0328 22.6995 163.6099
6 Nepal Insurance 124.2339 34.8779 71.4207 127.0057
7 Siddhartha Insurance 112.0000 30.2356 92.0040 233.0954
8 Prabhu Insurance 116.1902 26.6625 49.3245 135.2615
9 NLG Insurance 120.6013 25.2276 89.5603 208.1918
10 IME General 115.7586 23.2276 58.7971 152.1130
11 Everest Insurance 118.3604 20.3872 43.6172 101.4354
12 Prudential Insurance 110.8546 17.6912 58.1694 129.4237
13 Lumbini General 119.8890 17.2400 59.9300 137.2600
14 Himalayan General 110.0337 15.5567 25.0920 130.6967
15 Ajod Insurance 100.0000 9.5268 38.2815 130.4476
16 General Insurance Company 100.0000 9.0032 20.7012 65.6084
17 Sanima General Insurance  100.0000 8.6239 16.3438 65.1764
18 United Insurance 102.8160 7.5232 43.5985 105.7144
Grand Total: (Rs. in Crore) 2,024.0090 465.9825 1,176.1950 2,976.5209

११ अर्ब ७६ करोड खुद बीमाशुल्क संकलन

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ११ अर्ब ७६ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् । सबैभन्दा धेरै नाफा कमाएको नेकोले खुद बीमाशुल्क संकलन समेतमा अरु सबै कम्पनीलाई पछि पारेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेकोले १ अर्ब ६३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेकोे छ ।

नेको पछि शिखर इन्स्यारेन्सले १ अर्ब २३ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

शिखर पछि सगरमाथा इन्स्योरेन्सले १ अर्ब २३ करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ९२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ८९ करोड ५६ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ७६ करोड २४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७१ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सले ५९ करोड ९३ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ५८ करोड ७९ लाख रुपैयाँ, र प्रुडेन्सियल इन्स्योरेन्सले ५८ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ ।

सानिमा जनरल इन्स्योरेन्सले भने सबै भन्दा कम १६ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

जगेडा कोष र बीमा कोषमा राष्ट्रिय बीमा कम्पनी अगाडि

गत आवमा जगेडा कोष र बीमा कोषमा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा अगाडि रहेको छ । राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा ३ अर्ब १४ करोड र बीमा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ सञ्चित रहेको छ ।

गत आवमा दोस्रो ठूलो जगेडा कोष रहेको नेको इन्स्योरेन्सको कोषमा ७०.०५ करोड, शिखर ५७.०२, सगरमाथा ४८.०५, एनएलजी ४६.६८, नेपाल इन्स्योरेन्स ४२.०६ र प्रिमियर इन्स्योरेन्सको जगेडा कोषमा ४० करोड सञ्चित रहेको छ । ८.७५ करोड सहित सबैभन्दा कम जगेडा कोष जनरल इन्स्योरेन्सको रहेको छ ।

बीमा कोषको आकारमा शिखर, नेको, एनएलजी, र सगरमाथा इन्स्योरेन्स अब्बल देखिएका छन् । यी कम्पनीको जगेडा कोष १ अर्बदेखि १ अर्ब २९ करोडको बीचमा रहेको छ । सानिमा जनरल इन्स्योरेन्सको बीमाकोषमा सबैभन्दा कम ९.९७ करोड रुपैयाँ सञ्चित छ ।

S.N Company Reserve Insurance Fund
1 Neco Insurance 70.0583 111.7320
2 Shikhar Insurance 57.2046 129.5178
3 Sagarmatha Insurance 48.0551 104.5210
4 Premier Insurance 40.9109 85.2546
5 Rastriya Beema Company 314.8511 243.0180
6 Nepal Insurance 42.0600 59.5731
7 Siddhartha Insurance 33.0733 98.9134
8 Prabhu Insurance 24.1039 84.3053
9 NLG Insurance 46.6823 105.0343
10 IME General 24.9986 47.6283
11 Everest Insurance 38.3376 42.6700
12 Prudential Insurance 25.8769 62.4290
13 Lumbini General 23.7500 73.3900
14 Himalayan General 24.6790 63.9718
15 Ajod Insurance 9.0889 11.0007
16 General Insurance Company 8.7500 10.1628
17 Sanima General Insurance  8.8587 9.9755
18 United Insurance 11.0634 33.3794
Grand Total: (Rs. in Crore) 852.4026 1,376.4770

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ भाद्र २०७८, बुधबार  १७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।