सुनको मूल्य बिहीबार नेपाली बजारमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुन तोलाको ९१ हजार ३०० रुपैयाँ, तेजावी सुन ९० हजार ८०० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया