गोर्खाज फाइनान्स लिमिटेड (GUFL) ले स्थगित २६ औं वार्षिक साधारण सभा भदौ २४ गते बिहीबार आह्वान गरेको छ ।
फाइनान्सले होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको हो ।
यसअघि बैशाख २१ गते बोलाएको साधारण सभा कोभिड संक्रमण बढेसँगै स्थगित भएको थियो । सरकारले गरेको निषेधाज्ञाका कारण सभा स्थगित भएको थियो ।
कम्पनी सञ्चालक समितिको भदौ ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले सोही स्थगित साधारण सभा पुनः डाकेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाब, प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।
यस्तै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । आर्थिक वर्ष २०७५/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।
साधारण सभा प्रयोजनका लागि फाइनान्सले बैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरिसकेको छ । यस अनुसार बैशाख ५ गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीहरु मत्र २६ औं वार्षिक साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया