
सनराइज बैंक लिमिटेड (SRBL) ले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स को १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ ।
बैंकले उक्त संस्थापक शेयर न्यूनतम मूल्य ४२१.६३ रुपैयाँ तोकेर भदौ १८ गतेदेखि असोज १ गतेसम्म बिक्री खुला गर्ने भएको हो ।
शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले भदौ १ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
शिलबन्दी बोलपत्र पेश गर्दा आफूले खरीद गर्न चाहेको मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ ।
बोलपत्र फारम शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरीबाट प्राप्त गर्न र बुझाउन सकिनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया