
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड (PMHPL) को गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा अघिल्लो आवको तुलनामा विद्युत बिक्रीबाट हुने आय घटेपनि नाफा भने बढेको छ ।
समीक्षा अवधिमा विद्युत बिक्रीबाट हुने आय ६.४६ प्रतिशतले घटेपनि कम्पनीको नाफा भने बढेको हो ।
पञ्चकन्या माईले गत आवमा १ लाख ३१ हजार ६३४ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ४ करोड ३ लाख ५४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
कम्पनीको गत आवमा विद्युत बिक्रीबाट ३४ करोड ५८ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । विद्युत बिक्रीबाट हुने आय अघिल्लो आवको तुलनामा २ करोड ३८ लाख ७१ ह्जार ५९८ रुपैयाँले घटेको हो । अघिल्लो आवमा कम्पनीले ३६ करोड ९७ लाख १८ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको जगेडा कोष १९ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ । जगेडा नोक्सानीमा रहेसँगै प्रतिशेयर नेटवर्थ ८१.८९ रुपैयाँ मात्र रहेको छ ।
चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ०.०१ रुपैयाँ मात्र छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया