नेपाल प्रहरीले युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्
रहरीले काठमाडौंको कोटेश्वर बस्ने रामेछापका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई पक्राउ गरेको हो ।
सुनुवारले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष सहित ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया पठाइदिने र होटलमा काम लगाइदिने भन्दै उक्त रकम ठगी गरेका हुन् ।
प्रतिव्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका सुनुवारलाई बुधबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया