आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने अनुमान

0
Shares

नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित आर्थिक वर्ष २०७७र७८ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ ।

सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएपनि कोरोना कहरका कारण आर्थिक गतिविधि शिथिल हुँदा र सरकारले प्रयाप्त मात्रामा पूँजीगत खर्च गर्न नसक्दा त्यसको असर आर्थिक वृद्धिमा देखिएको हो ।

केन्द्रीय तथ्याङ्ग विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुन सक्ने अनुमान रहेको छ । आर्थिक वृद्धिमा कृषि क्षेत्रको २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ४.४३ प्रतिशत रहेको छ ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ६.६२ प्रतिशत पुगेको छ । कुल स्थिर पुँजी निर्माणर कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २७.२६ प्रतिशत र ३२.३० प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भएर १ खर्ब ४१ अर्ब १२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ ५१.७ प्रतिशत र अन्य मुलुकतर्पm २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ ।

वार्षिक बिन्दुगत आधारमा २०७८ असारमा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ५.३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ८.९ प्रतिशतले बढेको छ । २०७७ असार महिनामा २.६ प्रतिशतले बढेको व्यापारको सर्त २०७८ असार महिनामा ३.४ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार  १३ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।