ट्याङ्कर व्यवसायी र निगमबीच सहमति भएपछि पेट्रोलियम ढुवानी नियमित

0
Shares


ट्याङ्कर व्यवसायी र निगमबीच सहमति भएपछि पेट्रोलियम पदार्थको ढुवानी सुचारु भएको छ ।

नेपाल आयल निगमले बढेको भाडादर लागू नगरेको भन्दै ढुवानी रोकेका ट्याङ्कर व्यवसायीहरु सहमतिपछि ढुवानी सुचारु गर्न सहमत भएका हुन् ।

निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी सहमति भएको र ढुवानी सुचारु भएको जनाएका छन् ।  निगमबाट गठित प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा मर्मतसम्भार खर्च यकिन गरी भाडा समायोजन गरिने सहमति भएको छ ।

निगमबाट समायोजन हुन बाँकी राजस्व तथा शुल्क, ट्याङ्करलाई भारत सरकारले लिने सडक दस्तुर, प्रवेश इजाजत शुल्क, नेपाल र भारततर्फ लाग्ने एकीकृत भन्सार जाँच शुल्क, ट्याङ्करको परिणाम मापन शुल्क, विस्फोटक प्रमाणपत्र र चालक÷सहचालकको पारिश्रमिक यकिन गरी समायोजन गरिने भएको छ ।

कोरोना महामारीमा हवाई यातायातमा नकारात्मक असर परी हवाई इन्धनको बिक्री न्यून रहेकाले हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करहरूको समस्या समाधान गर्न व्यवसायीसँग समन्वय गरी समाधानका उपाय अवलम्बन गरिने भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार  १३ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।