दुई दिने सार्वजनिक विदाले कारोबार दिन दिनमा मात्र खुम्चँदा यो साता कारोबार रकम ५७.३४ प्रतिशतले घटेको छन् भने नेप्से सूचक पनि २.७३ प्रतिशतले घटेको छ ।
अघिल्लो साता ३१८० दशमलव ७८ बिन्दुमा रहेको नेप्से सूचक ८६.७३ अंक घटेर ३०९४ दशमलव ०५ बिन्दुमा झरेको छ ।
यस्तै अघिल्लो साता ९७.५९ अर्बको शेयर कारोबार भएकोमा यस सातामा ५५.९६ प्रतिशतले घटेर ४१.६३ अर्बमा खुम्चिएको छ ।
दैनिक कारोबार रकम १९.५२ अर्बभन्दा बढीबाट घटेर औषतमा १३.८८ अर्बको मात्र शेयर कारोबार भएको छ ।
यस साता मंगलबार र बुधबार १०४ को उच्च अंकले घटेको शेयर बजार अन्तिम कारोबार दिन साढे १७ अंकले सुधार आएको हो । नेप्से सूचकसँगै कुल बजार पूँजीकरण १ खर्ब २० अर्ब रुपैयाँ घटेर ४३ खर्ब २३ अर्ब रुपैयाँमा सीमित भएको छ । अघिल्लो साता ४४ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो ।
यो साता ठूला कम्पनीको शेयर मापक सूचक सेन्सेटिभ इण्डेक्स पनि यस साता १८.७६ अंकले घटेर ५७१.३९ अंकमा झरेको छ । विद्युत नियमन आयोगले जारी गरेको विज्ञप्तीपछि जलविद्युत समुहका कम्पनीको शेयरमूल्य घटेको छ भने साताको अन्तिमतिर फेरि विकास बैंक, फाइनान्स, जलविद्यूत कम्पनीम नै फर्किएको अवस्था छ ।
कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स ४.५७ प्रतिशत अर्थात १४२.७६ अंक बढेर ३२६८.५८ अंकमा पुगेको छ भने उत्पादनमुलक सर्वाधिक ४.३९ प्रतिशत अर्थात ३२७. १६ अंकले घटेर ७१२८.२२ अंकमा झरेको छ । जीवन बीमा र अन्य सूचक ३ प्रतिशत बढी तथा ब्यापार, बैंकिङ्ग, विकास बैंक, निर्जीवन बीमा, र जलविद्युत सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
जीवन विकास लघुवित्तको ३३% मूल्य बढ्यो, एचआईडिसिएलको मूल्य १३% घट्यो
यस साता जीवन विकास लघुवित्तको मूल्य सर्वाधिक ३३ प्रतिशत बढेको छ । अघिल्लो साता ३९०६ रहेको लघुवित्तको मुल्य १२९३ रुपैयाँ बढेर ५१९८.९० रुपैयाँ पुगेको छ ।
यसैगरी नारायाणी डेभलपमेन्ट बैंकको मूल्य १२.७६ प्रतिशत बढेर १०३४ रुपैयाँ, आईसिएफसि फाइनान्सको मूल्य ११.९८ प्रतिशत बढेर ११५९ रुपैयाँ, गोर्खाज फाइनान्सको १०.०६ प्रतिशतले बढेर १४११ रुपैयाँ र सेन्ट्रल फाइनान्सको ९.५४ प्रतिशतले मूल्य बढेर ७९२ रुपैयाँ पुगेको छ ।
यो साता एचआईडिसिएलको मूल्य १२.९६ प्रतिशतले घटेर ४५० रुपैयाँमा घटेको छ । यसैगरी सिनर्जी पावरको ११.९१ प्रतिशतले घटेर ६१४ रुपैयाँमा झरेको छ । यस्तै खानीखोला हाइड्रोपावरको १०.८८ प्रतिशत घटेर ३९३ रुपैयाँ, हिमालयन पावर पार्टनरको १०.४३ प्रतिशत घटेर ६१० रुपैयाँमा र युनिभर्सल पावर कम्पनीको ८.७० प्रतिशतले मूल्य घटेर ५२५ रुपैयाँमा झरेको छ ।
यो साता अरुण भ्याली हाइड्रोपावरको २ अर्ब १५ करोड बढीको शेयर कारोबार भएको छ ।
तीन कम्पनीको शेयर सूचीकृत
यस साता नेपाल स्टक एक्सचेन्जमा ३ कम्पनीको शेयर सूचीकृत भएको छ । यो साता सूर्योदय लघुवित्त वित्तीयको बोनस, अपि पावरको हकप्रद र सामुहिक लगानी कोष आरविवि म्युचुअल फण्ड १ को इकाई सूचीकृत भएको छ ।
यो साता सूर्योदय लघुवित्तको १५.३५ प्रतिशत बराबरको ३ लाख ३० हजार कित्ता बोनस, अपि पावरको चुक्ता पूँजीको २९.३८ प्रतिशत बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद र “आरविवि म्युचुअल फण्ड १” को प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया