जोशी हाइड्रोपावर कम्पनी नोक्सानीमा, प्रतिशेयर नेटवर्थ ८४.५७ रुपैयाँमा खुम्चियो

0
Shares

धितोपत्रको दोस्रो बजारमा अन्य कम्पनी सरह मूल्य बढेको जोशी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७७।७८ मा ३५ लाख ७१ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ ।

कम्पनीको विद्युत बिक्री आय बढेपनि फाइनान्सियल कस्ट बढ्दा कम्पनी नोक्सानीमा पुगेको हो । अघिल्लो आवमा पनि हाइड्रोपावर १ करोड ८५ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।  यसैगरी कम्पनीको जगेडा कोष ५ करोड ७३ लाख नोक्सानीमा रहेको छ । अघिल्लो आवमा ५ करोड ३७ लाख नोक्सानीमा रहेको थियो ।

गत आवमा कम्पनीले ३ करोड ६३ लाख ४४ हजार रुपैयाँ विदूत बिक्रीबाट आम्दानी गरेको छ । अघिल्लोआवमा १ करोड ६४ लाख ३१ हजार रहेकोमा यस्तो आम्दानी १२१.१९ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको फाइनान्सियल कस्ट ४२.४५ प्रतितशले बढेर २ करोड ६२ लाख ६१ हजार पुगेको छ । अघिल्लो आवमा १ करोड ८४ लाख ५ हजार मात्र थियो ।

चुक्त पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ०.९६ रुपैयाँ नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ अघिल्लो आवभन्दा घटेर ८४.५७ रुपैयाँमा खुम्चिएको छ ।

कम्पनीको धितोपत्रको दोस्रो बजारमा शेयरमूल्य भने केही वाणिज्य बैंकहरुभन्दा धेरै प्रतिकित्ता ४२७ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार  ०९ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।