साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य स्थीर बनेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो । आइतबार सुनको मूल्य स्थीर बनेपनि चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।
शुक्रबार चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया